काठमाडौं / जापानिज अटोमोबाइल कम्पनी टोयोटाले आफ्नो जापानी बजारको लागि ५५० वटा मात्रै ‘जीआर कोरोला २०२४’ बनाउने भएको छ । सीमित सङ्ख्यामा बन्ने कोरोला जीआर मोडल जापानमा चिठ्ठा पर्नेले मात्रै किन्न पाउने भएका हुन् । गत हप्ता कम्पनीले नर्थ अमेरिकी ग्राहकहरुका लागि १ हजार ६०० यूनिट जीआर कोरोला बनाउने घोषणा गरेको थियो । जापान बाहिरको प्लान्टमा बन्ने यो कार टोयोटाको आफ्नै देशमा समेत आयात गरेर बिक्री गर्न लागेको हो ।

कारोलाको स्पेसल एडिसन जीआरमा स्टेबीलीटी बढाउन ‘एन्टी स्टाटीक टेप’को प्रयोग भएको छ । यसमा ब्रेकडक्सको समेत अपग्रेड भएको छ । कम्पनीले कार्वन फाइबर रुफ, ठूलो सिसाको पछाडि स्पोइलर, लेदरबाट बनेको स्पोर्टस् सीट, आल्मुनियमबाट बनेको अलोय ह्वीलका साथै जेबीएलको प्रिमियम अडियो सिस्टम दिएको छ ।

OM Sai Pathibhara Hospital

कोरोला जीआर स्पेशल एडिसन कारमा १/६ लिटरको थ्री सिलिण्डर टर्बो चार्ज इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ३०० हर्सपावर र ३६९ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । अल ह्वील ड्राइभ सिस्टम भएको कोरोला जीआरमा ५ स्पडी म्यानुअल गियरबक्स रहेको छ । जापानी ग्राहकले चिठ्ठा तानेर विजेता भएपछि किन्न पाउने यो कारको मूल्य ५२ लाख ५० हजार येन पर्ने जनाइएको छ ।