झापा   झापाको बिर्तामोडबाट १२ जना बन्दकर्ता पक्राउ परेका छन् ।

जवरस्ती बन्द गर्दै हिड्ने ७ जना पुरूस र ५ जना महिलालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रदेशको नाम कोसी राखिएको भन्दै खारेजीको मागमा आव्हान गरिएको बन्दको झापामा सामान्य प्रभाव परेको छ ।

अन्य दिनहरुभन्दा सवारीको आवागमन कम भएको बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार जवरजस्ती गर्नेहरु पक्राउ गरेपछि अवस्था सामान्य बनेको छ ।

लिम्बुवानकिरात संयुक्त संघर्ष समितिपहिचान सहितको प्रदेश नं. १ को पुनः नामाकरण अभियान समिति र किरात राई यायोक्खाद्वारा प्रदेशको नाम कोसी खारेजीको माग सहित कोसी प्रदेशमा आम हड्तालको घोषणा गरिएको थियो ।

बन्दकर्ताहरुले प्रदेशभर सवारी आवागमनलाई पूर्ण रुपमा बन्द गरिएको दावी गरेका छन् ।