झापा  । झापाको कन्काई नगरपालिका ३ स्थित गोहीखाडीमा रहेको जनचेतना आधारभुत विद्यालयमा दाताको सहयोगमा स्टेज निमार्ण गरिएको छ ।


झापाको गौरादह ५ स्कुलचौन घर भई हाल अमेरिकामा बस्दै आएकी राधा बांस्कोटाले स्वर्गिय आफ्न्तको नाममा विद्यालयको स्टेज निमार्ण गरिदिएकी हुन् ।

हाल अमेरिका स्थित सन फ्रांसिस्को , क्यालिफोनियामा बस्दै आएकी बांस्कोटाले आफ्नी स्वर्गिय माता इन्दिरा शर्मा भट्टराई, स्वर्गिय ससुरा दिननाथ बांस्कोटा तथा स्वर्गिय सासुआमा खिमादेवी बांस्कोटाको स्मृतिमा विद्यालयको स्टेज निमार्ण गरिदिएकी हुन् ।  

दाता बांस्कोटाको स्व.आमा इन्दिरा शर्मा भट्टराई ताप्लेजुङ स्थित हाङ्देवा ५ कटहरे हाल फुङलिङ नगरपालिका ६ मा रहेको तमोरनदी आधारभुत विद्यालयकी शिक्षक रहेकी थिइन । उनको २०७४ सालमा मृत्यु भएको जनाइएको छ ।

कन्काई निवासी सामाजिक अभियान्ता तथा समाजसेवी शेरबहादुर थापा मार्फत  विपन्न विद्यार्थी अध्ययनरत पुरानो सामुदायिक विद्यालयमा स्टेज अभावमा बिभिन्न समयमा हुने कार्यक्रम लगायतका गतिविधि गर्न समस्या भएको थाहा पाएपछि सहयोग गरेको बांस्कोटाले बताईन । उनले समाजसेवी थापाको आग्रह र अनुरोधमा विद्यालयको भौतिक निमार्णमा सहयोग गरेको बताइन ।

बांस्कोटाले सामाजिक उत्तरदायित्व तथा मानविय नाताले पनि सहयोग गरेको बताइन ।   स्टेजकालागि दाता परिवारबाट आवश्यक , रड, सिमेन्ट, जस्तापाता, फलाम, मिस्त्री ज्याला तथा रङरोगन गरि १  लाख ८१ हजार २ सय ५४ रुपैंया खर्च भएको  जनाइएको छ ।  

त्यस्तै आज शुक्रबार विद्यालयको रजत महोत्सव तथा २६ औं  बार्षिक उत्सव समारोहमा  कार्यक्रमका प्रमुख अतिथि कन्काई नगरका नगर प्रमुख राजेन्द्रकुमार पाखरेलले दाता परिवारका सदस्यको अनुपस्थितिमा स्टेज निमार्णको संयोजक समाजसेवी थापा मार्फत दाता परिवारलाई सम्मान समेत गरिएको थियो । प्रमुख अतिथि पोखरेलले सम्मानपत्र प्रदान गरेका थिए ।

त्यस्तै  कन्काई नगरले पनि विद्यालयको भौतिक निमार्णमा ६५ हजार रुपैंया आर्थिक सहयोग गरेको जनाइएको छ ।  बार्षिक उत्सव कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।