झापा । प्रदेश १ को नाम कोशी राख्नेमा सहमत रहेको नेपाली कांग्रेस केही घन्टामै आफ्नो निर्णयबाट पछि हटेको छ । 


OM Sai Pathibhara Hospital

बुधबार बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको थियो ।


तर, प्रस्ताव दर्ता भएको केही घन्टामै कांग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन् । उनले किन प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्नेचाहिँ खुलाइएका छैनन् ।


उता प्रदेश सभामा प्रदेश १ को नाम किरात लिम्बुवान सगरमाथा राख्न अर्को प्रस्ताव पनि दर्ता भएको छ ।


नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए ।


जनता समाजवादी पार्टीले पनि एकीकृत समाजवादीकै प्रस्तावमा समर्थन जनाएको छ ।


प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।


संविधानको धारा २९५ (२) ले प्रदेशको नाम प्रदेशसभाको दुई तिहाइले राख्ने व्यवस्था गरेको छ ।