झापा- इलामको माई नगरपालिका-१० लुम्बाकमा रुख काट्ने क्रममा रुख लडेर किच्दा एक जनाको मृत्यु भएका छ । एक जना घाईते भएका छन् । सोमबार दिउँसो १२ बजे फलेदोको रुख काट्ने क्रममा रुखले किच्दा घाईते भएका महोत्तरी बर्दिबासका २८ बर्षीय हेमराज भुजेललाई उपचारको लागि बि एण्ड सि अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको र मोरङ पथरी शनिश्चरेका २२ बर्षीय बिज्ञान मगरको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।