झापा- भन्सार छलेको सामान लिएर बीरगञ्जबाट काठमाडौं आउँदै गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । ना.६ख ६२ नम्बरको लत्ताकपडा बोकेको ट्रक पर्साको वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दिपक गिरीले  बताए ।ट्रकमा ९२ लाख ८८ हजार बराबरको बिल बिजक भन्दा धेरै मालबस्तु लोड गरेको भेटिएको छ । सो ट्रकलाई अनुसन्धान र कारवाहीका लागी राजस्व अनुसनधान कार्यालय पथलैयामा बुझाइएको डिएसपी गिरीले जानकारी दिए ।