झापा- दशरथचन्द नगरपालिका १० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु प्रकरणमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।  जीवनका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई  अनुसन्धानका लागि नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

OM Sai Pathibhara Hospital

शनिबार वनभोज खान दोगडाकेदार गाउँपालिका ४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन राति नदीमा मृत अवस्थामा फेला परेका थिए।  जीवनसँगै वनभोज खान गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री,श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नविनसिंह ठगुन्ना, केशवसिंह रावल ,दिपेन्द्रसिंह ऐरी, भीमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ।

मृतक बुडालको शव पोष्टमार्टम गरिए पनि अस्पतालमै रहेको छ।  बुडालको हत्या गरिएको भन्दै परिवारजनले शव बुझ्न नमानेका हुन्। राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत रहेका मृतक जीवन बुडाल विदामा घर आएका बेला शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट वनभोज जाने भन्दै ११ जना साथीसँग म १ ज २२२ नम्बरको जिपमा चौलानी किनार गएका थिए।