झापा । प्रेस सेन्टर नेपालको शनिबार सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट राजु पाठकको अध्यक्षतामा १५ सदस्यीय प्रेस सेन्टर नेपालको झापा जिल्ला समिति चयन भएकाे छ ।  

समितिको उपाध्यक्षमा होम प्रकाश अधिकारी, शर्मिला पुरी र सन्तोष शर्माचयन भएका छन भने सचिवमा पुष्प खड्का, सह–सचिवमा सुमित भण्डारी, विरेन्द्र सुब्वा र कोषाध्यक्षमा केशव चापागाई चयन भएका छन् ।IMG_20230225_164724

OM Sai Pathibhara Hospital

कनकाई नगरपालिकास्थित सुकेडाँगी सामुदायिक बनको सभाहलमा भएको अधिवेशनले सदस्यमा टिकाराम बास्तोला, दर्पण शर्मा, प्रेमबहादुर तामाङ, रतन बुढाथोकी, बालदिवस तामाङ, पर्वत तामाङ र भोला तिम्सिनालाई चयन गरेको छ ।IMG_20230225_164544


प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्व सञ्चारमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की (पार्थ) को प्रमुख आतिथ्य रहेको थियो । स्वागत संगठनकी उपाध्यक्ष सुश्मा कुमालले गरेको कार्यक्रमको सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए ।IMG_20230225_151853

कार्यक्रममा प्रमुख अतिथि कार्की, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम, संगठनका प्रदेश १ अध्यक्ष विनोद घिमिरे, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, संगठनका पूर्व अध्यक्ष तारामणि सापकोटा, नेपाल प्रेस युनियनकी केन्द्रिय सचिव रेजिना गौतम, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजबादी प्रेस संगठन झापा उपाध्यक्ष दिलिप थापा, आदिबासी जनजाती पत्रकार महासंघ झापाकी अध्यक्ष भुमिका सुब्वा, मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।IMG_20230225_151853


त्यस्तै बन्दसत्रको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश १ उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख मणिकुमार साम्पाङ (बिजय) लगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । संगठनका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा गठित अध्यक्ष मण्डलको सदस्यमा तारामणि सापकोटा र डिकेश लामा सदस्य रहेका थिए । उद्घाटन कार्यक्रममा संगठनका केन्द्रिय सदस्य लीलाराज झापाली, दयाराम दाहाल, संगठनका प्रदेश महासचिव सुजन तिम्सिना, मोरङ अध्यक्ष अर्जुन आचार्य, प्रेस क्लब अर्जुनधाराका अध्यक्ष रमेश राई (समदर्शी) , हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्रबिक्रम बिमली, फोटो पत्रकार संघका अध्यक्ष बिनोद पाण्डेलगायतको उपस्थिति रहेको थियो ।IMG_20230225_162544


नवनिर्वाचित अध्यक्ष पाठकले संगठनलाई पेशागत मर्यादाभित्र रहेर सुदृढ बनाउँदै लैजाने, डी कौडिण्य पत्रकारीता पुरस्कारका लागि कोष स्थापना गर्ने र प्रेस सेन्टरका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमको आयोजना गर्ने प्रतिबद्धता जनाए छन।IMG_20230225_164532