काठमाडौं । राप्रपाको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरीने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको उक्त आकस्मिक बैठकले राप्रपा सरकारबाट बाहिरिने नर्णय गरेको हो ।
नयाँ बनेको राजनीतिक समीकरणकाबीच आफू सरकारमै रहने या बाहिरिने भन्नेबारे निर्णय गर्न आज बिहान राप्रपाले आकश्मिक बैठक बोलाएको थियो ।
नयाँ राजनीतिक परिस्थिति सृजना भएकाले पार्टीले कसरी अगाडि बढ्ने विषयमा निर्णय लिन बैठक बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । कांग्रेस, माओवादी, एकीकृत समाजवादी पार्टीले आलोपालो सरकार चलाउने सहमति पछि सत्तारुढ राप्रपा छलफलमा जुटेको थियो।
राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थकमा नबस्ने निर्णय समेत गरेको छ !