झापा- जिल्ला प्रहरी कार्यालय कास्कीले जरिवाना फैसला भई हालसम्म पनि फरार रहेका १३ जनालाई पक्राउ गरी अदालतमा पेस गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार विभिन्न अपराधमा संलग्न भएको पुष्टि भई कास्की जिल्ला अदालतले सजाय सुनाएपछि फरार रहेकाहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

OM Sai Pathibhara Hospital

उनीहरू लागूऔषध मुद्दामा पाँच दिन कैद फैसला भई हालसम्म फरार रहेका पोखरा महानगरपालिका–२९  पावर हाउस बस्ने ३२ वर्षीय राज कुमार ताम्राकार, लागू औषध मुद्दामा छ दिन कैद तथा पाँच हजार रुपैयाँ जरिवाना फैसला भई हालसम्म फरार रहेका जिल्ला चितवन स्थायी घर भई पोखरा महानगरपालिका–२ मिरुवा बस्ने ३० वर्षीय  शङ्कर पौडेल, लागू औषध मुद्दामा छ दिन कैद तथा पाँच हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका चितवन स्थायी घर भई मिरुवामै बस्ने २५ वर्षीय ओसिन पौडेल रहेका छन्।

यस्तै बैङ्किङ कसुर मुद्दामा १० दिन कैद तथा आठ लाख १८ हजार दुई सय रुपैयाँ जरिवाना फैसला भई फरार रहेका जिल्ला कास्की पोखरा महानगरपालिका–३१ बेगनास ताल बस्ने ३५ वर्षीय गजेन्द्र रानाभाट, चेक अनादर मुद्दामा १५ सय रुपैयाँ जरिवाना फैसला भई फरार रहेका पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गा बस्ने विष्णु कुमार श्रेष्ठ, चेक अनादर मुद्दामा नै एक हजार रुपैयाँ जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा महानगरपालिका–१६ बस्ने चुडामोहन पौडेल रहेका प्रहरी निरीक्षक खड्काले बताए।

कुटपिट अङगभङग मुद्दामा दुई सय रुपैयाँ जरिवाना फैसला भई फरार रहेका सुर्खेत स्थायी घर भई पोखरा–६   लेकसाईडमा बस्दै आएका ३० वर्षीय जीवन कुमार वली, जुवा (तास) मुद्दामा तीन हजार रुपैयाँ जरिवाना फैसला भई  फरार रहेका पोखरा महानगरपालिका–२ अर्चलबोट बस्ने ५३ वर्षीय विराट के.सी, सोही मुद्दामा १४ सय रुपैयाँ जरिवाना फैसला भई फरार रहेका पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने ३२ वर्षीय उमेश गर्बुजा, १४ सय रुपैयाँ जरिवाना फैसला भएका पोखरा–१९ लामाचौर बस्ने २९ वर्षीय रमेश पुन, एक हजार रुपैयाँ जरिवाना फैसला भएका पोखरा–८ नागढुङ्गा बस्ने ५४ वर्षीय को सोमत तुलाचन पनि पक्राउ परेका छन्।
यस्तै सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने २९ वर्षीय शिशिर श्रेष्ठ र सोही मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने २२ वर्षीय शिविर श्रेष्ठ लाई प्रहरीले अदालतमा पेस गरेको छ।