झापा - विराटनगर महानगरपालिकाका विभिन्न आठ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । मुख्य राजमार्ग र बजार क्षेत्रमा ती लाइट जडान गरिने जनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार रोडशेषदेखि राजवंशी चोकसम्म पाँच ठाउँमा ट्राफिक लाइट जडान गर्न प्रक्रिया अघि बढाइएको छ । मुख्य राजमार्गका यी क्षेत्रमा अत्यधिक ट्राफिक जाम र यातायात व्यवस्थापनमा समस्या हुने गरेको छ । बजार क्षेत्रको ट्राफिक चोकदेखि तीनपैनीसम्म तीन ठाउँमा विराटनगर महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने तयारी गरेको छ । कार्कीले भने, “लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा सहज हुनेछ ।”