काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्ला चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको सूचकांकले देखाएको छ ।

आईक्यू एयरका अनुसार उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक (एक्यूआई) बढ्दै गएको छ । बिहीबार बिहान ११ः४५ बजे काठमाडौंका मुख्य स्थानहरूमा वायु प्रदूषणको मात्रा १७४ यूएस एक्यूआईसम्म पुगेको आईक्यू एयरले जनाएको छ । सोमबार १५९ रहेको यो मात्रा चार दिनयता निरन्तर बढ्दो क्रममा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार एक्यूआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ ।

OM Sai Pathibhara Hospital

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ ।