काठमाडौं । अभिनेता जितु नेपालले आफ्नो टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ को औपचारिक घोषणा गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा शोको बारेमा जानकारी दिएका हुन।

FB_IMG_1676998529586यसअघि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम अबदेखि कान्तिपुर टिभीमा प्रसारण हुने छ । दिनेश डीसीले निर्देशन गर्ने कार्यक्रमको अध्यक्षमा भने अभिनेत्री प्रियंका कार्की हुनेछिन् ।

OM Sai Pathibhara Hospital

Screenshot_2023_0221_215751की-इन्टरटेनमेन्ट तथा एडी रिलिजको सहकार्यमा यो शो चैत २ गतेदेखि प्रसारण हुने भएको छ । प्रत्येक साता विहिबार राती ९ बजे जितु नेपाल, प्रियंका सहित दमन रुपाखेती, राजेन्द्र नेपाली, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटा सहितका कलाकार कार्यक्रममा प्रस्तुती दिने भएका छन् । कार्यक्रम संयोजकमा  सुमन गिरी भान्जा छन् ।

Screenshot_2023_0221_215818प्रेसमिटमा उपस्थित निर्देशक डीसीले नयाँ मिडिया र आधुनिक दर्शकलाई समेत लक्षित गरि कार्यक्रम बनाउन लागिएको बताएका छन ।

अभिनेत्री कार्कीले आफू पहिलेदेखि नै यो शोको फ्यान रहेको बताउँदै नयाँ स्टुडेन्ट भर्ती भएर आएजस्तो महसुस भएको बताइन् । जितुले चाहिँ कलाकार र कार्यक्रमबारे चिनापर्ची गराएका थिए।

सबै उमेर समूहका दर्शकलाई लक्षित गरि पारिवारिक शो बनाउन लागिएको जानकारी जितु नेपालले दिएका छन । उक्त सोको ५२ एपिसोड प्रसारण गर्ने तयारी छ ।