झापा । आज मिति २०७९/११/०९ मा बसेको बैठकले प्रेस सेन्टर नेपाल झापाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको छ ।
फागुनभित्र सबै जिल्ला समितिको अधिवेशन गर्ने केन्द्रिय सर्कुलर अनुसार १३ गते झापाको अधिवेशन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष झुलन रेग्मीले जानकारी दिएका छन ।
उक्त अधिवेशनबाट नयाँ नेतृत्वसमेत चयन हुने रेग्मिले बताए । बैठकले अधिवेशन कनकाईस्थित सुकेडाँगी सामुदायिक वनको हलमा गर्ने निर्णय गरेको छ।
रेग्मीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सचिव बिमल लामिछानेको प्रमुख आतिथ्यता थियो भने बैठकमा केन्द्रिय सदस्य लिलाराज झापाली, प्रदेश महासचिव सुजन तिम्सिना, सचिव चिरञ्जीवी घिमिरे, सदस्यहरु राजु पाठक, आइपी भट्टराई, उद्धब पुरिसहित जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।