झापा । झापा बिर्तामोडमा एक युवकले आज मंगलबार अपरान्ह आत्मदाहको प्रयास गरेका छन् ।

झापाको बिर्तामोड न.पा. ७ बस्ने ३४ वर्षीय विजय चौधरीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आज मङलबार अपरान्ह  करिब ४:३० बजे चौधरीले मुक्तिचोकमा  आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका छन ।

OM Sai Pathibhara Hospital

घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको छ। प्रहरी र स्थानीयले आगो निभाएर उनलाई अटोमा हालेर हस्पिटल लगेको र उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताएका छन।

उनलाई प्रहरी र पैदलयात्रीहरुले तत्कालै  आगलागी हुनासाथ देखेर आगो निभाएका थिए । 

चौधरी बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका फ्यान भएको र उनले आफ्नो पाखुरामा प्रसाईको टाटु नै बनाएको बताइएको छ ।

डीएसपी कार्कीले आत्मदाह प्रयासको कारण खुलिनसकेको बताए । आत्मदहको प्रयास गर्ने चौधरीले प्रहरीसँग संक्षिप्त कुरा गर्दा घटना हुनुमा पारिवारिक समस्या देखाएका छन् । चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे । उनी बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईको सहयोगीको रुपमा रहेका थिए । तर, केही महिनादेखि उनी बेरोजगार रहेको बताइएको छ ।