झापा-हुम्लाको दक्षिणी क्षेत्र  चङ्खेली गाउँपालिकाले दलित समुदायलाई ग्याँस चुल्होसहित भरिएको सिलिण्डर बितरण गरेको छ । लक्षित वर्गका सदस्यको घरलाई धुँवारहित बनाउन गाउँपालिकाले चुल्हो र सिलिण्डर वितरण गरेको हो । चङ्खेली गाउँपालिका– २ का कालुसिंह दमाईले गाउँपालिकाबाट अनुदानमा ग्याँस चुल्होसहित सिलिण्डर पाएको बताए । उनले परापूर्वकालदेखि सल्ला लगायतका दाउरा बाल्दै आएकोमा अब आधुुनिक ग्याँस घरमा प्रयोग गर्न पाएको बताए ।

OM Sai Pathibhara Hospital

ग्याँस पाएलगत्तै घरमा जडान गर्नुभएका दमाईले दलितको स्वास्थ्य स्वच्छ राख्न पनि गाउँपालिकाको यो कामले सहयोग पुुग्ने बताए । गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले लक्षित बर्गको कार्यक्रम अन्तर्गत गाउँपालिकाका दुुई सय घर परिवारलाई ग्याँस चुल्हो र भरिएको सिलिण्डर अनुदानमा बितरण गरिएको बताए।उनले आफुुले निर्वाचनका बेला लक्षित बर्गको घरमा दाउरा बालेर निस्केने धुँवारहित चुल्होको ब्यवस्था गर्ने प्रतिबद्धताअनुसार कार्यक्रम शुरु गरिएको बताए ।