OM Sai Pathibhara Hospital

झापा- अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँची जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकको मूल्यांकन नतिजा सार्वजनिक गरेकोमा सन्धिखर्क नगरपालिका जिल्लाकै उत्कृष्ट बन्न सफल भएको हो ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार सन्धिखर्क नगरपालिका ७५.००७५ अंक प्राप्त गर्दै अर्घाखाँची प्रथम र देशैभरीका ७ सय ५३ स्थानीय तहहरू मध्ये आठौं स्थानमा पर्न सफल भएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो। बजेट निर्माण तथा कार्यान्वयन, राजस्व संकलन तथा व्यवस्थापन, पूँजीगत खर्चको अवस्था, वित्तीय अनुशासनको अवस्था र पारदर्शीता लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित १७ वटा मुख्य सूचकको मूल्यांकन तथा परीक्षण गरी गरिएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा सार्वजनिक गरिएको प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन सूचकको मूल्यांकन प्रतिवेदनका आधारमा अर्घाखाँची जिल्लाका अन्य स्थानीय तहहरू मध्ये शितगंगा नगरपालिकाले ७१.१२ अंक प्राप्त गर्दै जिल्लामा द्धितीय, पाणिनी गाउँपालिकाले ६६.१२ अंक प्राप्त गर्दै तृतीय स्थान हासिल गर्न सफल भएका छन् । मालारानी गाउँपालिकाले ६४.००८, भूमिकास्थान नगरपालिकाले ६१.०४४७ र छत्रदेव गाउँपालिकाले ५७.०२११ अंक प्राप्त गरेका छन् ।