झापा- बैकं र सहकारीको चर्कौ व्याजदर कारण धेरै घरपरिवार घरबार विहिन हुनु परेको भन्दै आज झापाको विर्तामोडमा नेकपा माओबादी नेत्र विक्रम चन्द विप्लव समुहले विरोध कार्यक्रम गरेको छ ।
बैंक तथा लघुवित्तको चर्को व्याजदर घटाउनु पर्ने, मिटरव्याजीलाई कढा कारवाही गर्नु पर्ने माग सहितको प्लेकार्ड र व्यानर बोकी विरोध जनाएका छन् ।
नेकपा केन्द्रीय सदस्य तथा मेची व्युरो इन्चार्ज सुमन सिंह सिले चर्को व्याजदरमा सहकारी र बैंकहरुले नागरिकलाई लगानी गरि रहदा नियामक निकायले उनीहरुलाई कारवाही नगरेको भन्दै गैर कानुनी रुपमा मिटर व्याज लगाउनेहरुलाई सरोकार वाला निकायले तत्काल कारवाही गर्नु पर्ने नत्र आफ्नाे पार्टी त्यस कार्यमा उत्रने बताएका छन् ।
चर्को व्याजदर कर्मचारीको अभद्र व्यवहारका कारण धेरै त्रृणिहरुले आत्महत्या गर्नु परेको अवस्था आई रहदा पनि सरकार र सराकारवालाले चासो नदिँदा ज्यान गुमाउनु परेको उल्लेख गरेका छन् ।