झापा : झापाका बिभिन्न स्थानबाट भन्सार छलीको समान प्रहरीले बरामद गरेको छ । गौरीगंञ्ज र दमकबाट ६० हजार ५ सय बराबरको सामान बरामद गरेको हो ।  मंगलबार राति अन्दाजी साढे ११ बजेतिर ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगंज गाउँपालिका वडा नं. ६ बारासुतीमा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको ५० पिस कुचो, तेजपत्ता ३ बोरा र बुधबार आज साढे ५ बजेकोे समयमा गौरीगञ्ज गाउँपालिका वडा नं ५ रतुवा खोला नजिक भारतवाट अवैध रुपमा भन्सार छलेर  ल्याउदै गरेको २ बोरा मैदा अन्दाजी ७ हजार ५०० मुल्य बराबरका सामानहरु बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

आजनै विहान ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं. ६ बस पार्कमा सार्वजनिक यातायातहरुमा चेक जाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याई वेवारिसे अवस्थाको फुटवल, जुत्ता ३३ जोर, लेडिज जुत्ता २९ जोर, रसभरी ८ काटुन र खिर मिक्स मसला ९५ पिस अन्दानजी ५३ हजार मुल्य बराबरको सामानहरू बरामद गरिएको जानाईएको छ । सामानहरुलाई आवस्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकडभिट्टा बुझाउने तयारी भईरहेको  प्रहरीले जाएको छ ।