झापा - परशुराम नगरपालिकाले छाडा गाई वस्तुहरु महाकाली नदीमा बगाएपछि सर्वत्र विरोध भइरहेको छ। नगरपालिका क्षेत्रभित्र रहेका सयौं गाई वस्तुहरु परशुराम धार्मिक क्षेत्रको रंगुन र महाकाली संगममा लगेर बगाएपछि स्थानीय आक्रोशित समेत भएको स्थानीय केशव बोहराले बताउनुभएकाे हाे । परशुराम नगरपालिकाले गौरक्षाका लागि आवश्यक व्यवस्थापन गर्नुपर्नेमा पवित्र तीर्थस्थल तथा सीमा नदीमा लगेर बगाउँदा जनप्रतिनिधिको आलोचना मात्र भएको छैन ।

यस्ता अपराधिक कु-कुत्यको जिम्मा पनि स्थानीय तहले लिनुपर्ने स्थानीय भुपेन्द्र धामीले बताउनुभयाे।परशुराम नगरपालिकाका जनप्रतिनिधिहरूले भने आफूहरुलाई गाई वस्तुहरु महाकालीमा बगाएको जानकारी नभएको दावी गरेका छन् ।