झापा- उदयपुरको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सेवा प्रदान गर्न थालिएको छ । १२ जना विशेषज्ञ डाक्टर सहितको टोलीले गम्भीर किसिमका बाहेक अन्य सम्पूर्ण रोगको उपचार गर्न थालेका हुन् । डाक्टरहरू थपिएपछि अस्पतालमा थन्किएका उपकरणलाई पनि सञ्चालनमा ल्याईएको छ । अस्पतालमा १ सय ५८ बढी हाडजोर्नीको ठूला अप्रेसन र ३ सय ५६ भन्दा बढि सानाखाले अप्रेसन सेवा प्रदान गर्ने गरिएको अस्पतालका प्रमुख डा.ज्ञानेन्द्र झाले जानकारी दिनुभयो ।

OM Sai Pathibhara Hospital

अस्पतालमा चार वटा एनआईसियु वेड समेत रहेका छन् भने बालरोग सम्बन्धी विशेषज्ञ सेवा पनि उपलब्ध छ । ५० बेडको अस्पतालमा ५९ जनाको दरबन्दी रहे पनि अहिले १८ जना डाक्टरहरुले सेवा दिईरहेका छन् । यसले पनि उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता धेरै हदसम्म हटेको छ ।