गुल्मी-गुल्मी जिल्लाको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका चरारहरु फेला परेका छन् । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरासम्बन्धी अध्ययन गर्दै आएको छ । जस अनुसार पछिल्लो पटक गरिएको अध्ययनमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया, टुइँसी सुगा फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताए ।

नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये रेसुङ्गा क्षेत्रमा ३५ प्रतिशत पाइन्छन् । रेसुङ्गामा २५८ प्रजातिका चरा पाइने पंक्षी संरक्षण संघले जनाएको छ । यसअघि २५३ प्रजातिका चराहरु फेला परेका थिए । रेसुङ्गा क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् । रेसुङ्गा धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रसँगै चरा अवलोकनका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । चरासम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले तयार गरेको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक विमोचन गरिएको हो ।

OM Sai Pathibhara Hospital

पुस्तकको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बिमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै नगरप्रमुख पन्थीले यसक्षेत्रको विकास र प्रचार प्रसारमा सबैको सहयोग अपरिहार्य रहेको बताए । रेसुङ्गा क्षेत्रको विकास हुनु जिल्लाकै निम्ति गौरव रहेको पन्थीले बताए । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरासम्बन्धी अध्ययन गर्दै आएको छ ।

पुस्तकमा त्यस क्षेत्रमा पाइने चराहरु र त्यहाको अबस्थाको बारेमा उल्लेख गरिएको छ । रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातिका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबै पक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत पन्थीले बताए । दुर्लभ चरा भेटिए पनि बासस्थानमा जलवायु परिर्वतन, विद्युतीकरण, चोरी सिकारी, वन डढेलो, बिजुलीका पोलहरु, बढ्दो रासायनिक पर्दाथको प्रयोग र दूरसंचार आवृत्ति जस्ता चुनौती रहेको छ । रेसुङ्गा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७,९०३ हेक्टर रहेको छ ।

यी क्षेत्रमा विश्वव्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुरलगायत चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ । रेसुङ्गा धार्मिक, सांस्कृतिक, पर्यावरणीय, जैविक विविधताको भण्डार, जलाधार क्षेत्र, वैज्ञानिक महत्व राख्ने गुल्मीको पहिचान बोकेको स्थान हो ।