बारा :  विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ को निर्माणाधीन भवन भत्किदा  बारामा दुई जना घाइते भएका छन्।   घाइते हुनेमा मोरङ जिल्ला सुनवर्षी नगरपालिका–६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे छन्। सोमबार सेजको प्रदर्शनी हलको ढलान छत भत्किएर उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घाइते उनीहरु उपचारपछि डिस्चार्ज भएको बाराका प्रहरी निरीक्षक रुद्र कंडेलले बताए। 

पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीले बताए।  स्थानीयले ठेकदारको लापरबाहीले निर्माणाधीन भवन भत्किएको आरोप लगाएका छन्। 

OM Sai Pathibhara Hospital

 भवन निर्माणको जिम्मा प्रतिष्ठा निर्माण कम्पनीले लिएको छ। उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणमा सेजले ५ अर्ब भन्दा बढी खर्च गरिसकेको छ।