डोटी - डोटीको बडीकेदार गाउँपालिका–१ मल्याणी गाउँका १७ घर परिवारले एक वर्षदेखि खोलाको पानी पिउँदै आएका छन् ।
२०७३ सालमा ग्रामीण विकास सेवा केन्द्र डोटीले अनुकूलन परियोजना अन्तर्गत निर्माण गरेकाे सोलारमुसको इन्भटर बिग्रिएपछि उनीहरुले ठूला खाेलाकाे पानी पिउनु परेकाे हाे ।
स्थानीयवासीको साझेदारीमा गाउँ नजिक रहेको खोलाबाट सोलार आयोजना निर्माण गर्दा केही समय गाउँमा खानेपानीकाे समस्या हटेकाे थियाे । त्यसअघि पनि उनीहरुले खाेलाकै पानी पिउने गरेका थिए । खानेपानी वितरणका लागि निर्माण गरिएका धारा, ट्याङ्की पनि जीर्ण बन्दै गएकाे छ।
एक वर्षदेखि खानेपानी खोलाबाट बोकेर खानुपर्ने बाध्यता रहेको स्थानीयवासी खडक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी पहिले खोलाबाट खानेपानी बोकेर खान्थ्यौँ खानेपानी आयोजना निर्माण हुँदा केही वर्ष सहज भयो फेरि त्यस्तै अवस्थामा पुग्यौँ । एक घण्टाको दूरीमा रहेको खोलाबाट पनी बोकेर खानु पर्ने बाध्यता छ ।’
अनुकूलन परियोजना अन्तर्गत २०७३ सालमा संस्थामार्फत् ९ लाख र ७ लाख रुपैयाँ बराबरकाे स्थानीयकाे श्रमदानबाट खानेपानी आयोजना सम्पन्न भएको थियो । अहिले इन्भटर बिग्रिँदा खानेपानीको हाहाकार भएको र खानेपानी पुनः निर्माणका लागि अहिलेसम्म कुनै तहबाट पहल नभएको स्थानीयकाे गुनासाे छ ।