काठमाडौँ-‘जनयुद्ध दिवस’ को अवसरमा फागुन १ गते सोमबारका दिन बिदा दिने प्रदेश सरकारको निर्णय प्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।  बागमती प्रदेश सरकारको माघ २४ को बैठकले तथा त्यसभन्दा अघि कर्णाली प्रदेश सरकारले पनि जनयुद्ध दिवसमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यो निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकुल रहेको समाजको धारणा रहेको छ । 

OM Sai Pathibhara Hospital


यसै गरी माघ २७ गते काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमनको सन्दर्भलाई जोडेर सडकमा निस्किएको भन्दै चिकित्सक कुट्ने प्रहरी कृत्यको पनि शान्ति समाजले निन्दा गरेको छ । राजतन्त्र उन्मुलन भइसकेपछि पनि त्यसैको अवशेषका रूपमा नागरिकलाई सास्ती दिने गरी कायम रहेको कथित ‘सवारी’ प्रक्रिया लोकतान्त्रिक गणतन्त्रको मर्म विपरीत रहेको समाजको भनाई छ ।