राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदलाई शीतल निवासमा बोलाएकी छन् ।
राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सांसदहरूलाई दिउँसो ३ बजेका लागि शीतल निवासमा बोलाइएको हो ।
उनका अनुसार बधाई तथा शुभकामना दिन राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सांसदलाई शीतल निवास बोलाएकी हुन् ।
सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा शीतल निवास बोलाएकी हुन् ।
भण्डारीको कार्यकाल २८ फागुनमा सकिँदै छ । नयाँ राष्ट्रपतिका लागि २५ फागुनमा चुनावको मिति तय गरिएको छ ।