राति पिसाब फेर्न निस्किदा हात्ती धपाउन थापेको विद्युतीय धरापमा परी करेन्ट लागेर सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको थियो उपचारकै क्रममा बिर्तामोड ७ बाह्रघरेका ४९ बर्षिय खेम श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।
श्रेष्ठले जंगली हात्ती धपाउन आफ्नै घरवरिपरि बिध्युतिय धराप थापेका थिए । हात्ती प्रभावित क्षेत्रमा मानिसहरुले यस्ता किसिमको जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन् ।