झापा । बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले १०० किलोवाट क्षमताको मोटरमा एटो–३ काे मूल्य सार्वजनिक गरेको छ। नेपाल ल्याउने तयारी गरेकाे साइमेक्सले शुक्रबार एक कार्यक्रमका बीच एटो–३को मूल्य सार्वजनिक गरेको हो।

नयाँ भर्सनको एटो थ्रिमा कम्पनीले पिक पावर १०० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर दिएको छ भने यसले ३१० एनएम टर्क प्रदान गर्छ।

OM Sai Pathibhara Hospital

साइमेक्स इंकले नेपाल ल्याउने १०० किलोवाट मोटर जडान भएको एटो–३ मा पनि ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। यसको रेन्ज पनि पहिलेको भन्दा बढ्ने अनुमान गर्न सकिन्छ।

उक्त एटाे-३काे मूल्य ६४ लाख ९० हजार रुपैयाँ रहेकाे छ। नेपाली बजारमा बिक्री वितरणका लागि तयार पारिएकाे गाडीको बुकिङसमेत खुल्ला भएकाे छ। 

अन्य सबै फिचर १०० किलोवाट र १५० किलोवाटको गाडीमा समान रहेको छ। सुरक्षाको लागि यो एसयुभिमा अगाडि भ्यान्टीलेटड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ।

यसमा ७ वटा एयरब्याग, इलेक्ट्रिक पार्किङ ब्रेक, एबिएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटीक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट लगायतका फिचर्स समावेश रहेका छन् ।

यसमा फिटनेस र म्यूजिकको थिममा तयार गरिएकाे इन्टेरियर निकै आकर्षक छ। यसमा मल्टिफङ्सनल स्टेरियङ ह्विल, ५ इन्चको डिजिटल इन्ट्रमेन्ट क्लष्टर, लेदर सिट, फोल्डिङ रियर सिट, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पीकर पाउन सकिन्छ।