त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर पदमुक्त भएका छन् ।
थाई एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले कुराकानी गरेको श्रव्य दृश्य प्राप्त भएपछि ठाकुर निलम्बनमा परेका हुन् ।
मन्त्रालयले यसबारे थप अनुसन्धान गर्न अख्तिया दुरुपयोग अनुसन्धान आयोगमा पत्रचार गर्ने तयारी गरिएको जनाएको छ।
उक्त श्रव्य सामाग्री प्राप्त भएपछि सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा ठाकुरलाई पदबाट निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।