काठमान्डौ । नजिकिँदै गरेको अन क्याम्पस फाइनललाई मध्यनजरमा राख्दै हल्ट प्राईज़ एट आई.एम.एस.ले उक्त कार्यक्रममा सहभागिता जनाउने प्रतिस्पर्धीहरुबीच सेमी फाइनल कार्यक्रम सञ्चालन गरेको हो।

उक्त कार्यक्रममा ३२ टिमहरूले सहभागिता जनाएका थिए। जसमध्ये फाइनलको लागि ८ वटा टिमहरू छानिएका छन्। सरोज उपाध्याय, विराज घिमिरे र विकेश अधिकारी गरी ३ जना जर्जहरुको आतिथ्यतामा सेमी फाइनल कार्यक्रम सम्पन्न भएको हो। प्रतिस्पर्धीहरुले प्रस्तुत गरेका आइडियाहरुलाई विभिन्न क्षेत्रहरुबाट विश्लेषण गरेर जर्जहरूले ८ वटा टिमलाई फाइनलको लागि चयन गर्नुभएको हो।

OM Sai Pathibhara Hospital

हल्ट प्राइज् एट आई.एम.इस.को फाइनल कार्यक्रम यही माघ २० गते बानेश्वरको आनन्द भूमि इभेन्टसमा हुने भएको छ।