काठमान्डौ - हल्ट प्राइज एट आई.एम. एस. ले राष्ट्रिय बाणिज्य बैंकलाई आफ्नो आधिकारिक बैंकिङ पार्टनरको रूपमा स्थापना गरेको छ।
नजिकिँदै गरेको अन क्याम्पस कार्यक्रमलाई मध्यनजर गर्दै हल्ट प्राइज एट आई.एम. एस. ले आज आफ्नो आधिकारिक बैंकिङ पार्टनरको नाम सार्वजनिक गरेको हो।
बैंकिङ पार्टनरको रूपमा स्थापित भएपछि बैंकले अन क्याम्पस कार्यक्रमका विजेताहरुलाई आर्थिक तथा अन्य क्षेत्रहरुमा सुविधा उपलब्ध गराउने भएको छ।