नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार बिहान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्नराज्य(आरआर)  क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेको हो ।

शिक्षामन्त्री खनालले निजीलाई पोसेको उनीहरुको आरोप छ । उनीहरूले मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै उनको राजीनामा समेत माग गरेका छन् ।