आज बानेश्वरमा आत्मदहको प्रयास गर्ने प्रेम आचार्यको स्वास्थ अवस्था चिन्ताजनक छ । उनको किर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । उनको शरिरको ८० प्रतिशत भाग जलेको छ । यद्दपी उनि होस मै छन् ।
देशमै केही ब्यवसाय गर्छु भन्ने एउटा नागरिकले अनेकौं समस्या सँग जुधेर पनि केही उपलब्धि हासिल गर्न नसक्दा आफ्नो शरिरमा आफैले आगो लगाएका हुन । पटक पटक सरकारमा पुगेकाहरु लाई भत्भती पोल्नु पर्ने हो यस्तो दृश्यले ।
नागरिकलाई फस्ट्रेसन मात्रै कति दिन्छौ अब त केही गर सरकार भन्ने आसयमा उनले आत्मदाह गर्नु अगाडि उनको फेसबुक वालमा लामो स्टाटस लेखेका थिए।