Screenshot_2023_0124_213625माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको मंगलबार एक महिना पुगेको छ । तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएका प्रचण्डले यसपटक विगतका दुई कार्यकालबाट अनुभव लिएर राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, एक महिना बित्दा पनि सरकारको कार्यशैलीमा सुधारको कुनै संकेत देखिएको छैन ।

एक महिनासम्म कतै पनि सुधारको काम सुरु हुन सकेको छैन । बरु सरकार बिस्तारै बिचौलियाको घेराबन्दीमा पर्दै गएको छ । सचिवालय नै कमजोर भएका कारण प्रधानमन्त्रीले काम गर्न नसेको प्रधानमन्त्री कार्यालयका एक सचिव बताउँछन् ।

OM Sai Pathibhara Hospital

मुख्यगरी प्रधानमन्त्री निजामती प्रशासन नै चलाउन सकेका छैनन् । उनले आफ्नो निजी सचिव नै विवादास्पद पात्रलाई रोजेका कारण यस्तो अवस्था आएको हो । आकर्षक कार्यालयहरुमा बसेर अकुत सम्पत्ति आर्जनको आरोपमा छानबिनमा रहेका सहसचिव नवराज ढुंगानालाई उनले सचिवालयमा राखेका छन् । ढुंगाना निजामती प्रशासनमा बदनाम पात्र हुन् । सेटिङबाट पैसा असुल्नमा मात्र उनी माहिर मानिन्छन् । उनको पृष्ठभूमिले पनि त्यही भन्छ ।

Screenshot_2023_0124_213328यसअघि उनी वीरगञ्ज भन्सार कार्यालयको प्रमुख थिए । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँगको निकटताका आधारमा उनले त्यो अवसर पाएका थिए । त्यसअघि महालेखा नियन्त्रक कार्यालयको प्रशासन महाशाखा प्रमुख थिए । त्यतिबेला लेखाका कर्मचारीको सरुवामा उनले आर्थिक चलखेल गरेको कर्मचारीहरु बताउँछन् ।

उनीविरुद्ध अख्तियारमा तीन वटा उजुरी छानबिनको क्रममा छन् । १३ पुस २०७९ मा अख्तियारमा दर्ता भएको पछिल्लो उजुरीमा ढुंगानाले लेखाका कर्मचारीको सरुवाका लागि २५ हजारदेखि ५ लाख रुपैयाँसम्म उठाएको र श्रीमतीले समेत सुनका गहनाहरु उपहार लिएको उल्लेख छ ।

सो उजुरीमा भदौ १ गतेदेखिको उनको ‘कल डिटेल’ हेर्ने हो भने सरुवामा भएको सेटिङ सबै खुल्ने उल्लेख छ । अकुत सम्पत्ति ससुरालीतर्फका आफन्तको नाममा राखिएको उजुरीमा दाबी गरिएको छ । लाभ लिएर कतिपयलाई सरुवा गर्न नसकेको र अब शक्तिशाली ठाउँमा भएकाले अब मिलाइदिने भन्दै उनले फकाएको महालेखा नियन्त्रण कार्यालयका एक अधिकारीले बताए ।

यसअघि पनि उनीविरुद्ध अख्तियारमा उजुरी परेका थिए । उनी गोरखा नगरपालिका, तत्कालिन पोखरा उपमहानगरपालिका र रत्ननगर नगरपालिकामा प्रशासिकय अधिकृतको रुपमा काम गरेका थिए । त्यतिबेला उनले गरेका निर्णयविरुद्ध आयोगमा उजुरी परेपछि उनले मिलाएका थिए । रत्ननगरमा जग्गाको कित्ताकाट खुलाउने भन्दै पैसा उठाएलगत्तै सरुवा लिएर भागेको उजुरी छ ।

शक्ति बस्नेत वनमन्त्री हुँदा उनले डिएफओ सरुवामा चलखेल गरेका थिए । त्यस्तै मात्रिका यादब उद्योगमन्त्री हुँदा पनि उनको सचिवालयमा थिए । त्यतिबेला पनि आर्थिक चलखेलमा मुछिएका थिए ।

त्यस्तै, विमानस्थलस्थित अध्यागमन कार्यालय तथा वैदेशिक रोजगार विभाग जस्ता आकर्षक कार्यालयमा बस्दा उनले अकुत आर्जन गरेको उजुरी अख्तियारमा छ । अध्यागमनमा हुँदा भिजिट भिसामा सेटिङ मिलाएका थिए । वैदेशिक रोजगारमा पनि उनको असुली धन्दा व्यापक रहेको एक कर्मचारी बताउँछन् ।

यसअघि प्रधानमन्त्रीको निजी सचिवमा उपसचिव राखिन्थ्यो । ढुंगानाकै लागि सहसचिव राख्न थालिएको स्रोत बताउँछ । यसमा माओवादी नेता जनार्दन शर्मा, शक्ति बस्नेत र केही बिचौलियाको यसमा बिशेष स्वार्थ छ ।

सिंहरदबार गेटमा रहेको होटलमा बिचौलियासँग उनको जमघट हुने गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोही होटलमा नीतिगत भ्रष्टाचारका योजनाहरू बनिरहेका छन् । यही गिरोहका कारण प्रचण्डको तेस्रो कार्यकाल झन् बदनाम हुने जोखिम बढेको छ