काठमाडौँ / पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको हवाई जहाज दुर्घटनाका ६८ जना यात्रुको शव भेटिएको छ। ती मध्ये ३६ जनाको मात्र सनाखत भएको छ। अझै चारजना यात्रु बेपत्ता रहेको प्रहरीले बताएको छ।

मृतक सबै यात्रुको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।अस्पतालका चिकित्सक डा. खेमअधिकारीले ३६ जनाको शव सनाखत भएको जानकारी दिएका छन्। सनाखत हुनेमा जहाज कमान्ड गरेका पाइलकमल केसीको शव पहिचान भएको छ

OM Sai Pathibhara Hospital

त्यस्तै एयरहोस्टेज सिर्जना हुङचुङ को पनि शव पहिचान भएको छ।  

जहाजमा ६८ जना यात्रु र चालकदलका अन्य चार सहित ७२ जना सवार थिए। कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार जहाजका ४ जना यात्रु अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको उनले बताएका छन्।

काठमाडौंबाट केही विज्ञ चिकित्सक नआइसकेकोले पहिचान भएका यात्रुको पनि पोस्टमार्टम सुरु हुन नसकेको उनले बताएका हुन्।