इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पको केन्द्र आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ । भूकम्पले पुर्याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।