जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार बेलुका विज्ञप्ती जारी गर्दै रातको समयमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन कठिन भएकोले भोली बिहानैदेखि खोजी कार्य सुचारु गर्ने जनाएको छ । पोखरामा आज बिहान भएको यति एयरको विमान दुर्घटनामा जारी खोजी कार्य रातको समय भएकाले रोकिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेना करिव २०० जनाको फौजसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य जारी छ । आजसम्म ६८ जनाको शव निकालिएको सेनाले जनाएको छ बेपत्ता भएका ४ जनाको भोली बिहानैदेखि खोजी कार्य हुनेछ ।

OM Sai Pathibhara Hospital

आज बिहान काठमाडौंबाट चालक दलका चारसहित ७२ यात्रु बोकेर पोखराको लागि उठेको यति एयरको विमान पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताएका थिए । “खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरु खोजी गर्नेछौँ”, प्रमुख केसीले भनेका थिए ।