झापा / गृह मन्त्रालयले पृथ्वी जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा दिने सूचना निकालेको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको हो । 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाको सूचना निकालिएको जानकारी दिएका छन् ।