उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुस १८ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीका सादा पोसाकका प्रहरीको विवरण मागे लगत्तै सशस्त्र प्रहरी बल देशभरका सादा पोसाकमा खटिएका सशस्त्र प्रहरीको काज सरुवा भएको छ। काज सरुवा हुनेमा सशस्त्र प्रहरी नायब निरीक्षक ५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक ७ जना, वरिष्ठ हवलदार १८ जना, कामु वरिष्ठ हवलदार ३ जना, हवलदार २० जना, सहायक हवलदार ६३ जना र सिपाही १८ जना गरी १३४ जना रहेका छन्।देशैभर बाट १३४ जना सरुवा भएको हो।

 सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले गत जेठ ६ मा मातहतका कुनै पनि कार्यालयले सादा पोसाकमा घुमुवा खटाएको भए तुरुन्त फिर्ता गर्न निर्देशन दिएका थिए।

OM Sai Pathibhara Hospital

सादा पोसाकमा सशस्त्र प्रहरीको कुनै पनि कर्मचारी नखटाउन दिइएको निर्देशनलाई मातहतका केही कार्यालयले फरक तरिकाले बुझेर अटेर गरेको गुनासो बढेको थियो।सादा पोसाकका सशस्त्र प्रहरी कर्मचारीको काज सरुवासँगै तिन दिनभित्र सरुवा भएको ठाउँमा हाजिर गर्न निर्देशन भएपछि सबैतिर खैलाबैला मच्चिएको छ।