इटहरी/ पिक्नीक खान गएका इटहरी उपमहानगरपालिकाका कर्मचारी कुसुम पोख्रेल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगरलाई मापसे गरि झगडा गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको होे । पिक्नीक खान आएका उपमहानगरपालिकाका कर्मचारीहरुले मगरलाई मापसे गरि प्रसासकृय अधिकृतलाई गालिगलैच गरेको र हातपात गरे पछि प्रहरी समक्ष बुझाएका थियो ।

इटहरी उपमहानगरपालिकाका कर्मचारीहरु १५ गते शुक्रबार पथरी शनिश्चरे स्थीत भुल्के सिमसार क्षेत्रमा पिक्नीक खान आएका थिए । छैटौ तहको कर्मचारी मगर इटहरी उपमहानगरपालिकाका वडा नम्बर ४ का वडा सचिव हुन । कुसुम पोखरेल मगरको यो घटना भने पहिलो हैन । 

OM Sai Pathibhara Hospital

उनि सरकारी पदको दुरुपयोग गर्दै पटक पटक मदिरा सेवन गरि विबादमा आई रहने कर्मचारीहरु बताउछन  । इलाका प्रहरी कार्यलय पथरीको नियन्त्रणमा रहेका मगरलाई १६ गते शनिवार इटहरी उपमहानगरपालिकाकाले बुझेको इलाका प्रहरी कार्यलय पथरी जनाएको छ ।