काठमाडौँ / नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । रूपन्देहीको सालझण्डीमा आगामी १६ डिसेम्बरबाट दुवै देशका सेनाबीच संयुक्त सैन्य अभ्यास हुन लागेको हो ।
बटालियन तहको उक्त सैन्य अभ्यासमा ३ सय ५० जनाको सहभागिता रहनेछ । ‘सूर्य किरण’ नाम दिइएको उक्त सैन्य अभ्यासको यो १६ औं संस्करण हो । सैन्य अभ्यास डिसेम्बर २९ मा सकिनेछ । अभ्यासमा सहभागि हुनको लागि बुधवार भारतीय सेनाको टोली सालझण्डी पुगिसकेको छ ।
सूर्यकिरण नाम दिइएको उक्त सैनिक अभ्यास प्रतिआतङ्कवाद, युद्धकला, मानवीय सहायता, प्राकृतिक प्रकोप, पर्यावरण संरक्षण लगायतमा केन्द्रित हुनेछ ।
यस अभ्यासले जंगली र पहाडी क्षेत्रमा विद्रोही गतिविधि र आतंकवादविरुद्ध लडन सहयोग पु¥याउने अपेक्षा दुवै देशका सेनाले गरेका छन् ।
यसअघि भारतको उत्तराखण्डको पिथौरागढमा एक्सरसाइज सूर्य किरणको १५ औं संस्करण सम्पन्न भएको थियो । भारतको पिथौरागढमा गत वर्ष असोज ४ देखि कार्तिक १३ गतेसम्म सैन्य अभ्यास चलेको थियो ।