काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप ७ वटा मुद्दाको पुनरावेदनमा गएको छ।
यसअघि पनि विशेष अदालतको फैसलाउपर चित्त नबुझाएर पुनरावेदनमा गएको अख्तियार बुधबार थप ७ मुद्दा बोकेर सर्वोच्च अदालत पुगेको हो।
राजस्व चुहावट, सार्वजनिक सम्पत्ति हानी नोक्सानी र घुस रिसवतसम्बन्धी ७ वटा मुद्दा आयोगको निर्णयअनुसार बुधबार सर्वोच्चमा पुनरावेदन गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।