झापा  / पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा झापाको कन्काई नगरपालिका –७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जीव आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट आचार्य २७ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका थिए । 

OM Sai Pathibhara Hospital

मंगलबार आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।