झापा / नेपाल सरकारले भारतलाई महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउको विषयमा कूटनीतिक नोट पठाएको छ । 

परराष्ट्र मन्त्रालयले काठमाडौस्थित भारतीय राजदूतावासमार्फत उक्त कूटनीतिक नोट नयाँदिल्लीस्थित विदेशमन्त्रालयमा पठाएको लाई मंगलबार दिउँसो नोट पठाएको हो । 

OM Sai Pathibhara Hospital

एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ।

दार्चुला बासीलेउक्त तटबन्धनको विरोध गरेपनि भारतीय पक्षले लगातार आक्रमण गराइरहेपछि परराष्ट्र मन्त्रालयले मंगलबार कूटनीतिक नोट पठाएको बताइएको छ । 

उक्त कूटनीतिक नोटमा नेपालले भारतलाई तीनवटा कुरामा ध्यान दिएर मात्रै सीमाक्षेत्रमा गतिविधि गर्न सचेत गराएको छ। 

भारतलाई पठाएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ ।

यसअघि सोमबार गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादतीबारेको स्थलतगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिएको थियो।