उदयपुर / उदयपुरको कटारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी –२ का ३० वर्षीय दिल कुमार थापा मगर रहेका छन् ।
हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुँदा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।