झापा / नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरूलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।
कम्पनीका अनुसार ग्राहकले २००, ५०० र १००० रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा सो अफर उपलब्ध गराउने भएको हो ।
२०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र पाँच रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ ।
त्यसैगरी एक हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ ।
यो अफर मंसिर २० देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।