पाँचथर / पाँचथरको मिक्लाजुङमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना सेना घाइते भएका छन्।
मिक्लाजुङ गाउँपालिका –८ बुधबारेबाट फिदिमको रणशेर गणतर्फ जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी मिक्लाजुङ –६ राँके–रवि–भेडेटार सडकखण्डमा दुर्घटनामा परेको हो ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गाडी आफैँ अनियन्त्रित भएर सडकबाट तल झरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सैनिक प्युठ काशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रबि तामाङ, रमेश चौधरी, सूर्य थारु, चन्द्रबहादुर कार्की, दिलबहादुर शाही, लोटन थारु, देविलाल सुनुवार, हवल्दार प्रकाश आचार्य, लेस नायक रञ्जित चौधरी र जवान धर्मेश कापर घाइते भएका छन्।