झापा / बाँकेस्थित राप्ती नदीमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका- ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको शनिबार नदी तर्ने क्रममा बेपत्ता भएका थिए । उनीहरूको शव आइतबार बिहान ९ बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी रामप्रसाद घर्तीका अनुसार नदीमा बेपत्ता भएका दुवै जनाको शव आज फेला परेको हो । शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाइएको उनले बताए ।