एजेन्सी / डेगन विश्वविद्यालयका ७ विद्यार्थीलाई म्यानमारमा मृत्युदण्डको फैसला सुनाइएको छ । म्यानमार सरकारको विरुद्धमा गएको अप्रिलमा प्रदर्शन गरेको भन्दै पक्राउ गरिएका विद्यार्थीलाई म्यानमारको सैन्य अदालतले उक्त सजाए सुनाएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यम डिप्लोम्याटका अनुसार ति सबै विद्यार्थीहरूलाई बैंक म्यानेजर तथा पूर्वसैनिक अधिकारी सा मो विनको हत्यामा संलग्न भएको आरोमा गिरफ्तार गरिएको थियो ।

OM Sai Pathibhara Hospital

गिरफ्तार गरिएकाहरुमा जाव लिन नाइङ, खान्ट जिन विन, थिहा हेट जाव, थुरा माउङ मोङ, हेन हेट, थेट पिङ ओ, र खान्ट लिन माउङ माउङ रहेका छन् ।