झापा / कपिलवस्तुमा सुत्केरी व्यथाले च्यापेकी एक महिलाको मृत्यु भएको छ । समयमै प्रसूति सेवा नपाउँदा विजयनगर गाउँपालिका वडा नं ३ का वडा सदस्य समेत रहेकी माधुरी लोहारको मृत्यु भएको हो । 

गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट वडा सदस्यमा निर्वाचित लोहोरको सुत्केरी व्यथाले च्यापे पनि समयमा उपचार नपाउँदा निधन भएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

OM Sai Pathibhara Hospital

उनले प्रसूति सेवाकै अभावमा महिला जनप्रतिनिधिले ज्यान गुमाउनु परेको बताउँदै मृतक लोहारलाई उपचारका लागि बुटवल लगिए पनि उपचार सम्भव नभएको बताए ।